

गायक प्रकाश सपुत र उनकी पत्नी विन्दू बोहरालाई पुत्रलाभ भएको छ । सपुतको छोरा भएको उनकी दिदी शान्ति सुनारले जानकारी दिइन् । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।
उनीहरुको सात वर्षअघि पहिलो सन्तान छोरी भएकी थिइन् । प्राप्त तस्वीरमा प्रकाश र उनकी पत्नीलाई हर्षित मुद्रामा देख्न सकिन्छ । कामको कुरा गर्दा प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी २’
फागुन पहिलो साता प्रदर्शन तयारीमा छ ।गायक सपुत पछिल्लो समय सांगीतिक टूरमा पनि सक्रिय छन् । सपुतले हिमालय टिभीको आगामी रियालिटी शो ‘नेपाल लोकस्टार’को नयाँ सिजनलाई समेत होस्ट गर्दैछन् ।
‘जाने भए जाउ माया’ म्युजिक भिडियो सार्वजनिकगायक प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित ‘जाने भए जाउ माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भावनात्मक यस गीतमा स्वर गायक सरन गुरुङको रहेको छ । गीतमा शब्द, सङ्गीत विकास ल्वागुनको रहेको छ । गीतलाई कोविद बज्रले सङ्गीत संयोजन गरेका हुन् ।
सहना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘जाने भए जाउ माया’ म्युजिक भिडियो गायक गुरुङको रिलिजको तयारीमा रहेको एल्बम ‘सहना’ मा सङ्ग्रहित गीत हो । एल्बम नोभेम्बर १३ मा विमोचन हुने
गायक गुरुङले बताए । एल्बम रिदम स्क्रीन क्रिएसन र वि द बेस्टको सहयोगमा तयार पारिएको हो । म्युजिक भिडियोमा प्रकाश सपुत र रेश्मा घिमिरेले श्रीमान् र श्रीमतीको भूमिकामा अभिनय गरेका छन् ।
म्युजिक भिडियोमा ‘जाने भए जाउ माया फर्की नआऊ माया’, ‘भन्थ्यौ तिमी म संसार थिएँ, सुख र दुःखमा ज्यानै दिन्थेँ’, ‘हात छोड्यौँ साथ छोड्यौँ, सँगसँगै हिँडेको बाटै मोड्यौँ’, ‘माया छोडी गएपछि दिल तोडी गएपछि’ लगायत बोलका गीत समावेश गरिएको छ ।

प्रतिकृया दिनुहोस्