

चर्चित चलचित्र निर्देशक उद्धव पौडेलसँग एउटा रोमाञ्चक अनुभव बनेको छ। मंगलबार राति ८ बजेको काठमाडौंबाट बिराटनगर सम्मको बुद्ध एयरको उडानमा उनी एक्लो
यात्रु भएका छन्।पूरै प्लेनमा चालक दलका सदस्य बाहेक पौडेल मात्र सवार थिए। उनले आफ्नै सामाजिक सञ्जाल फेसबुक मार्फत बुद्ध एयरको उडानमा आफू एक्लै परेको र यो
रोमाञ्चक अनुभव भएको बताएका छन्। उनले प्लेनमा आफू मात्र एक्लै भएको केही तस्बिर समेत रोखेका छन्।काठमाडौंबाट विराटनगर जाने राति ८ बजेको फ्लाइटमा अरु कोही यात्रु
नभएपछि पौडेलले एक्लो यात्रुको अनुभव लिन पाएको एयरलाइन्सले जनाएको छ। बुद्ध एयरको इतिहासमा यो पहिलो घटना भएको एयरलाइन्सले जनाएको छ। नेपालकै इतिहासमा पनि
यसअघि कुनै पनि प्लेनमा एक जना मात्र यात्रु भएको घटना सुनिएको थिएन्।राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ससुरा पनि हुन्।निर्माण पाटी

प्रतिकृया दिनुहोस्