

काठमाडौँ / चर्चित अभिनेत्री रियाशा दाहाललाई पहिलो चोटी महिना वारी हुदा यसरी सम्झिय । मेरो पहिलो महिनावारी चौध वर्षको उमेरमा भएको थियो । त्यो बेला म कक्षा सातमा पढ्थेँ
बिहान स्कुल जाने बेलामै मलाई हल्का पेट दुखिरहेको थियो । त्यो दुखाइ अन्य बेलाभन्दा अलि फरक थियो । मलाई ग्यास्ट्रिकले दुखेको होला भनेर मैले त्यति वास्ता गरिनँ ।
स्कुलमा हुँदा नै दिउँसोतिर मलाई महिनावारी भयो । सुरूमा त महिनावारी भएको हो कि होइन भनेर झुक्किएकी थिएँ । साथीहरूले साँच्चिकै भएको हो भनेर बुझाएपछि विश्वास गरेँ ।
घरमा आमा महिनावारी भएको देखिरहेको र स्कुलमा पनि यो विषय पढाएकाले म धेरै आत्तिइनँ। महिनावारी भएको थाहा पाएपछि आमालाई सुनाएँ । बरू आमा उल्टै आत्तिनुभयो
उहाँले यो कुरा कसैलाई नभन्न सिकाउनुभयो, मानौं त्यो कुनै डरलाग्दो विषय थियो। घरमा मैले पन्ध्र दिनसम्म लुकेर बस्नुपर्यो । त्यतिखेर मेरो परीक्षा चलिरहेको थियो । त्यसैले बुबा र दाइले नदेख्ने गरेर लुकीलुकी स्कुल जान्थेँ।

प्रतिकृया दिनुहोस्