

काठमाडौं । नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं– ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित
पार्न पैसा बाड्न गएको आरोप छ । निरौला र एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोल बूढानीलकण्ठ– ६ स्थित एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै स्थानीयबासीले होहल्ला गरेपछि
प्रहरी टोली पुगेको थियो । स्थानीयले घेरा हालेपछि सुरक्षाका लागि उद्धार गरी सुरक्षामा राखिएको काठमाडौं प्रहरी प्रभागका एसएसपी भरतबहादुर बोहोराले जानकारी दिए ।
उनलाई हाल महाराजगञ्ज प्रहरीमा राखिएको छ भने प्रहरीले गाडी पनि बरामद गरेको छ । प्रहरी कार्यालय बाहिर भने स्वतन्त्र उम्मेदवार हेमराज थापाका समर्थन जम्मा भएर नाराबाजी गरेका छन् ।एमाले उम्मेदवार निरौलाले
भने लामो समयदेखि क्यान्सर रोगबाट पीडित तोक्तान लामाको स्वास्थ्य अवस्थाबारे बुझ्न गएको बताएका छन् । साथै उनले पैसा बाँड्न गएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
एमालेको काठमाडौं ५ निर्वाचन परिचालन कमिटीले पनि वक्तव्य निकालेर पैसा बाँडेको भनेर बद्नाम गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।अनलाइन खबर

प्रतिकृया दिनुहोस्