
काठमाडौं । कलाकार रामचन्द्र अधिकारी दुई महिनापछि टेलिभिजन श्रृंखला ‘मेरी बास्सै’मा फर्किएका छन् । अस्वस्थ भएपछि सिरियलबाट केही समय बाहिरिएका उनी पछिल्लो एपिसोडमा देखिने भएका छन् ।
यसैसाता काठमाडौंमा गोतामथोकमा भएको छायांकन सेटमा अधिकारी सहभागी भए । सिरियलका अन्य कलाकारले फूलमालाले स्वागत गर्दै दीर्घायुको कामना समेत गरे । आफू ‘मेरी बास्सै’मा
फर्किएको जानकारी दिन सार्वजनिक गरिएको भिडियोमा अधिकारीले पहिलेजस्तै सक्रिय भएर काम गर्ने बताएका छन् । आफ्नो स्वास्थ्यको कामना गर्ने दर्शकप्रति उनले आभार व्यक्त गरेका छन् ।
सिरियलका निर्माण नियन्त्रक लेखान्त भुसालले कलाकार अधिकारी निरोगी भएर सिरियलको छायांकनमा फर्किएको जनाए । ‘उहाँ स्वस्थ्य भएर दुई महिनापछि फर्किनुभएको छ । विहीबार प्रसारण हुने ७८४ भागमा
उहाँलाई काजीको रोलमा हामीले हेर्न पाउँछौं,’ भुसालले अनलाइनखबरसँग भने । रामचन्द्र अधिकारी नभएको एपिसोडको समयमा बडाकाजीको रोलमा पाका कलाकार मुकुन्द श्रेष्ठ पनि भित्रिएका थिए । अनलाइन खबर बाट

प्रतिकृया दिनुहोस्