

काठमाडौँ– प्रतिनिधिसभाको २ सय ७५ जना सांसदमध्ये सबैभन्दा कान्छी सांसदको ‘ताज’ राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले पाएकी छिन् । निर्वाचन आयोगले सार्वजनिक गरेको
विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फबाट डाँगी सबैभन्दा कम उमेरकी सांसद बनेकी हुन्। उनको उमेर २५ वर्ष मात्रै छ।प्रतिनिधिसभाको सदस्य बन्नका लागि न्यूनतम २५
वर्ष पूरा हुनुपर्ने संवैधानिक व्यवस्था छ। उनले आवश्यक न्यूनतम उमेर मात्रै पूरा गरेकी छिन्।आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको १ सय १० जना सांसदको विवरण बुधबार
सार्वजनिक गरेको छ। उनको स्थायी घर झापाको भद्रपुर–१ हो।यसअघि प्रत्यक्षतर्फका १ सय ६५ जना निर्वाचित सांसदमध्ये स्वतन्त्र पार्टीकै सोविता गौतम थिइन्। उनको उमेर २७ वर्ष मात्रै छ।
दोलखाकी गौतम काठमाडौँ २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएकी हुन्।त्यस्तै दोस्रो कम उमेरकी सांसदका रुपमा स्वतन्त्र पार्टीकै बिनिता कठायत आएकी छिन्।

प्रतिकृया दिनुहोस्