

कतार विश्वकपमा सर्बाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाएका छन् । उपाधि विजेता अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाएका छन् ।
दोहास्थित लुसेल रंगशालामा सम्पन्न निकै नै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरी लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।
फाइनलमा पराजित भए पछि आफ्नो देशका खेलाडीहरुलाई सान्तवना दिदै फ्रान्सका राष्ट्रपति माक्रोन । नेपाली सामाजिक अभियन्ता भिम उपाध्यायले आफ्नो फेस बुक वालमा लेख्नु हुन्छ
“फ्रान्सका राष्ट्रपति माक्रोनले आफ्ना उत्कृष्ठ खेलाडी एम्बाप्पेलाई सान्तवना दिदै टाउको मुसार्दै। राष्ट्रको अभिभावक भनेका यस्ता हुन्छन् , हाम्रा त १० जना सैनिक ठिंङ्ग उभिएको घेरामा बस्छन् गजधम्म परेर,
नपाउनेले केरा पायो बोक्रासितै खायो जस्ता । अभिभावकत्व कुन चराको नाम हो मतलबै हुदैन कुर्सी बाहेक। त्यसमाथि युवा नेताहरूको ताल झन झन् बेताल देखिदैछ। ”


प्रतिकृया दिनुहोस्