

काठमाडौं । दीपकराज गिरी समसामयिक मुद्दामा विचार राखिरहने अभिनेतामध्ये पर्छन् । खासगरी राजनीतिमा उनको चासो छ ।
आफ्ना फिल्मको केन्द्रमा पनि उनी राजनीतिलाई राख्छन् ।उनै दीपकले बुधबार भएको नेपाली कांगे्रस संसदीय दलको
नेताका लागि भएको चुनाव र यसको नतिजालाई लिएर व्यंग्य गरेका छन् । उनी लेख्छन्, ‘सरकार र शक्ति भनेको घाँस हो ।
परिवर्तन भनेको पराल हो । घाँस खान छोडेर परालतिर जान्छ कोही ?’संसदीय दलको नेताका लागि प्रधानमन्त्री तथा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा थिए । देउवा ६४ मत ल्याएर विजयी हुँदा थापाले २५ मत पाए ।
कांग्रेस संसदीय दलको नेताको यो चुनावलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक टीकाटिप्पणी भइरहेको थियो भने धेरैले यसलाई चासोको रुपमा लिएका थिए ।
कांगे्रसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने परम्परा छ । तर देउवालाई चुनौती दिंदै थापाले उम्मेदवारी दिएपछि चौतर्फी चासो थियो ।
कलाकारले समेत यसप्रति चासो राखेका थिए ।

प्रतिकृया दिनुहोस्