
काठमाडौँ / एकताका सामाजिक सञ्जाल र युट्युबमा निक्कै चर्चामा थिए, “सचिन परियार”। केही समय नेपाली लोक दोहोरी देखि टेलि सिरियल सम्म निक्कै प्रयोग भएका सचिन केही समय यता कतै देखिएका छैनन्।
हाल उनी निक्कै बिरामी रहेको खबर सार्वजनिक भएको छ।सचिनको अहिले काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।सचिनको
उपचारमा आर्थिक समस्या रहेको थाहा पाएपछि इसा फाउण्डेसन मार्फत २० हजार आर्थिक सहयोग गरेको फाउन्डेसनका सचिव कमल सरगमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले थप आर्थिक सहयोगको पनि खाँचो रहेको उल्लेख गरेका छन्।सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाए।
९ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो।
गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए। उनलाई म्युजिक भिडिओदेखि टेलिफिल्ममा खेलाउनेको लाइन नै लाग्यो।
पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। सचिन युट्युबमा मात्रै होइन ‘टिकटक’मा पनि हिट थिए।

प्रतिकृया दिनुहोस्