१४ पुष २०७९, बिहीबार १९:३२


काठमाडौं । अभिनेत्री पूजा शर्मा फिल्म निर्माणको तयारीसँगै व्यवसायमा व्यस्त छिन् । अनमोल केसीलाई लिएर फिल्म बनाउने उनको तयारी छ ।यसबाहेक ललितपुर
झम्सिखेलमा उनले नयाँ व्यवसाय थालेकी छन् । यतिबेला भने पूजालाई लिएर नयाँ खबर छ ।उनी चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति
सदस्यमा नियुक्त भएकी छन् ।हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि,लैंगिक शोषण एवं
विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा उनलाई सदस्य बनाइएको हो ।

प्रतिकृया दिनुहोस्