

कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटलमा बुधबार राति भएको भीषण आगलागीमा एक नेपालीको मृत्यु भएको छ । उक्त आगलागीमा जम्मा १९ जनाको मृत्यु भएको छ ।
सो होटलको क्यासिनोमा एक नेपालीले पनि १२ तल्लाबाट हामफाल्दा ज्यान गुमाएका हुन् ।ज्यान गुमाउनेमा झापा बिर्तामोड १ का ४० वर्षका निराकार पाण्डेले रहेका छन् । उनले आगलागीम फसेपछि
भाग्ने कतै बाटो नभेटेपछि अन्तिम समयमा १२ तल्लाबाट हामफालेका हुन् । तर, उले हामफाल्नु अघि भाइवरमा एक भिडियो सन्देश छाडेका छन् । उक्त भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ ।
उक्त भिडियोमा आफ्ना बाबु, श्रीमतीेलगायत आफ्ना आफन्तलाई सम्बोधन गरेका छन् ।होटेलबाट बाहिर निस्किने सबै ढोकाहरू बन्द भएको र अब बाच्ने कुनै सम्भावना नरहेपछि उनले
आफूलाई बचाउन होटेलको १२ तलाबाट हा’ म फालेका थिए। होटेलबाट हाम फाल्नुअघि उनले आँखाबाट आँसु झार्दै परिवारजनसँग एक घण्टा बढी लामो गफगाफ गरेका थिए।
उनले बोलेको भिडियो कुराकानीमा ९ वर्षीय छोरा आर्मनलाई सम्झाउँदै भनेका छन् ,’सानी, मेरो आँखाको नानी, बाबु म तिमीलाई धेरै माया गर्छु है। बाबा
अलवेज लभ यु। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैँ सम्झिनुहुन्छ है बाबु। आर्मन इज द वेस्ट है सानु।’

प्रतिकृया दिनुहोस्