

काठमाडौं । अभिनेत्री पूजा शर्मा केही समयदेखि व्यवसायी युद्ध बानियाँसँग गम्भीर प्रेममा छिन् । यो प्रेमजोडीले भविष्यको योजना समेत बनाइरहेको छ । उनीहरुले खुलेरै सामाजिक सञ्जालमा उनीहरुले प्रेम प्रदर्शन गरिरहेका छन् ।
आइतबार जन्मदिन मनाइरहेका युद्धलाई बर्थडे शुभकामना दिंदै पूजाले प्रेमीलाई भगवानले दिएको उपहार भएको बताएकी छन् ।उनी लेख्छिन्, ‘जन्मदिनको शुभकामना ।
तिमी मेरो सबैभन्दा राम्रो उपहार हौ, जसलाई भगवानले मलाई दिनुभएको छ । म तिमीलाई सधैंभरि माया गर्छु । तिमी मेरो जीवनमा त्यतिबेला आयौ जब म पूरै टुटेको थिएँ ।
तिमी नै मेरो मुहारको मुस्कान, मेरो आँखामा हाँसो र मेरो जिन्दगीको खुसीको कारण हौ ।’युद्धलाई पूजाको यो बर्थडे स्टाटसले नै स्पष्ट पार्छ कि उनीहरु
भावनाको गहिराइमा डुबेका छन् । जन्मदिन शुभकामनासँगै पूजाले प्रेमीसँगका रोमान्टिक तस्वीर पनि सेयर गरेकी छन् जहाँ उनीहरु रमाएका देखिन्छन् ।
युद्धले पूजा र आफ्नो तस्वीर अंकित टिसर्ट पनि लगाएका छन् । पूजाको उक्त पोस्टमा अभिनेत्री श्वेता खड्काले ज्वाईंसाहेब भन्दै शुभकामना दिएकी छन् ।

प्रतिकृया दिनुहोस्