
कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।
गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको परीक्षामा ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना सहभागी थिए ।
यसवर्ष नियमिततर्फ ३.६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याउन सफल भएएका छन् । यस्तै, ३.२१ देखि ३.६० जीपीए ल्याउने ३० हजार १०७ जना, २.८१ देखि ३.२० ल्याउने ६५ हजार २८४ जना, २.४० देखि २.८० ल्याउने ६४
हजार ९३ जना, २.१ देखि २.४० जीपीए ल्याउने १० हजार ९ सय र १.६१ देखि २ जीपए ल्याउने ३५ रहेको बोर्डले जनाएको छ ।यसैगरी १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेको पनि बोर्डले जनाएको छ ।
बोर्डका अनुसार विद्यार्थीले कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ उल्लेख हुनेछ भने नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्च शिक्षामा भर्ना हुनबाट बञ्चित हुनेछन् । नियुज २४ बाट

प्रतिकृया दिनुहोस्