

गत बिहीबारदेखि सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। पुस्कल शर्माको गीतमा एक युवती रोएकी छन्।
‘मुटु जलाइ जलाइ’ बोलको बेस्सरी चिच्याएर गायकी उनले ‘आउँछौ आउँदैनौं’ बोलको गीत गायक शर्माले गाउँदै गर्दा भने डाँको छोडेर रोएकी छन्।
कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा गायक पुस्कल शर्माले यी दुई गीत गाएकी हुन्। पहिलो गीत ‘मुटु जलाइ जलाइ’ बोलको
गीतमा जोड–जोडले गीत मात्र गाएकी उनले त्यसपछिको गीतमा भने डाँको छोडेर रोइन्।उनले यसअघि राखेको टिकटक भिडियोमा पनि उनी यो गीत र
गायक पुस्कल शर्माको फ्यान भएको पुष्टि हुन्छ। आँचल नाथकी युवतीलाई गायक पुस्कल शर्माले समेत फलो गरेका छन्। उनले फलो गरेकोमा धन्यवादसमेत दिएकी छन्।
उनको भिडियो भाइरल भएसँगै कतिपयले उनको ब्रेकअप भएको हुनसक्ने अनुमान गरेका छन् त कतिले संगीतमा भएको शक्तिको रूपमा यसलाई व्याख्या गरेका छन्।

प्रतिकृया दिनुहोस्