

काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका इलामका प्रेम आचार्यको अहिले कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ।
अगाडीको भाग जलेको छ। २ दिनअघि उनले मलाई मेसेज गरेर पटक पटक कुरा गर्नुछ, तपाईँलंग भेट्न चाहन्छु भनिरहेका थिए।
म देशभित्र नभएका कारण उनले मेरो ईमेल आईडी मागेर आफ्नो जीवनमा लामो भोगाईबाट हार खाएको वृतान्त लेखेर मलाई ईमेल पठाएका थिए।
देश कसरी लथालिंग र थिल्थिलो परिसकेको छ र कसरी यहॉ काम गरेर जीवन चलाउन असंभवप्रायः भइसकेको छ भन्ने बारेमा आफ्नो
भोगाई समेटेर लेखिएको धेरै नै लामो लेख हुनाले पछि समय निकालेर पढेर जवाफ दिउँला भन्दाभन्दै आत्मदाहको प्रयास गरिसकेछन्।
उनले मलाई पठाएको ईमेलमा पहिले पनि पटक पटक आत्महत्याको प्रयास गरेको र अब पनि आत्महत्या नै बिकल्प बॉकी छ भन्दै
अलबिदा पनि भनेका रहेछन्। यो लेख अहिले धेरै मिडियामा प्रकाशित पनि भइसकेको/हुदैछ। निकै नै विचारणीय एवं चिन्तन
गर्नुपर्ने भोगाईको वृतान्त छ। उनको शिघ्र स्वास्थ्य लाभको कामना। उनले गंभिर विषयहरू उठाएका छन्, सरकारको ध्यान जानैपर्छ।भिम आचार्य को फेसबुक बाट

प्रतिकृया दिनुहोस्