
पोखरेली २४ वर्षीय युवती गिभिना मगर घरबाट कतै जाँदै थिइन् । उनले बाटोमा भेटिन् बालाई। ती बा वैशाखीको साहरामा थिए हात पनि सामान्य अवस्थामा थिएनन् । प्यारालाइसिस भएर एउटा हात र एउटा खुट्टा चल्दैन थियो ।पोखराको हेम्जाकै ति ‘बालाई’
देखेपछि गिभिनाको मन पग्लियो, उनले गोजीबाट हजार रुपैयाँको नोट झिकिन् तीबालाई दिइन् । गिभिनाले दिएको यो हजार रुपैयाँको नोटलाई ती बाले जसरी ग्रहण गरेका छन् त्यो हेर्दा सायदै कसैकोमन नपग्लिएला ।सहयोग गर्नुका साथ साथै गिभिनाले त्यो दिन त्यो
क्षणलाई आफ्नो मोबाइलमा क्याप्चर पनि गरिन्भिडियो बनाइन् त्यसलाई अपलोड गरिन् टिकटकमा ।आज गिभिनाको त्यो भिडियो १५ लाखभन्दा बढीले हेरिसकेकाछन् चार लाखले टिकटकमा ‘लभ’ रियाक्ट गरेका छन् ४ हजारभन्दा बढीले कमेन्ट गरेका छन्
ती कमेन्टमध्ये एक प्रयोगकर्ताले भनेकी छिन् ट्रेन्ड भन्दै नानाथरी गर्दै भाइरल हुनुभन्दा एउटा असाह्यलाई सहयोग गरेको निकै राम्रो लाग्यो ।
निकै धेरैले मन पराएको यो भिडियो यति धेरै चर्चामा आउला भन्ने गिभिनाले सोचेकै थिइनन् ।
तर यसको चर्चा कतिसम्मचुलियो भने उनकै साथीभाइले उनकै बालाई पनि यो भिडियो देखाए ।

प्रतिकृया दिनुहोस्