५ फाल्गुन २०७९, शुक्रबार ०६:५०


काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत नामिबियाविरुद्धको पहिलो खेलमा सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा नै विकेट लिन
सफल भएका छन् ।लामिछानेले कार्ल बिर्केनस्टकलाई आफ्नो शिकार बनाएका हुन् । खेलको ११ औँ ओभरमा बलिङ गर्न आएका लामिछानेले १३ रन
बनाएका कार्ललाई बोल्ड गरेका छन् ।योसँगै ४५ रनको स्थितिमा नामिबियाले २ विकेट गुमाएको छ । यसअघि सोमपाल कामीले ओपनर लो–हान्ड्रे लौरेन्सलाई
आउट गरेका थिए ।नाबालिगमाथिको बलात्कार मुद्दा छिनोफानो नभई लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गरेको भन्दै नेपाल क्रिकेट संघको आलोचना भइरहेको छ ।

प्रतिकृया दिनुहोस्