
नेपाली कांग्रेस सर्लाही जिल्ला अनुशासन समितिले प्रतिनिधि सभाका सांसद समेत रहेका नेता अमरेशकुमार सिंहलाई निलम्बन गरेको छ अनुशासन समितिले असार ४ गते नेता सिंहलाई पत्र थमाएर निलम्बन गरेको हो ।
समितिका संयोजक एवम् उप–सभापति डा.सरोज कुमारद्वारा हस्ताक्षर पत्रमा भनिएको छ, ‘उपरोक्तसम्बन्धमा पार्टीको आधिकारिक उम्मेदवारहरूलाई स्थानीय तहको निर्वाचनमा अन्तर्घात, असहयोग गर्ने सर्लाही क्षेत्र नं. ४ बाट
निर्वाचित सांसद माननीय अमरेशकुमार सिंहलाई जिल्ला अनुशासन समितिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ को ख बमोजिम मिति २०७९–०३–०२ गते निलम्बन गरि निर्णयको प्रतिलिपि जानकारीको लागि पठाइएको छ ।’
सर्लाही कांग्रेसले सिंहलाई निलम्बन गरेको निर्णयको बोधार्थ कांग्रेसको केन्द्रीय कार्यालय र केन्द्रीय अनुशासन समितिलाई पनि दिएको छ स्थानीय तहको निर्वाचनमा सर्लाहीमा नेता सिंहले अन्तरर्घात गरेको आरोप
लागेपछि अनुशासन समितिले निलम्बन गरेको छ । लिम्बनमा परेका सिंह नेता शेखर कोइराला निकटका मानिन्छन् ।

प्रतिकृया दिनुहोस्