

झण्डै २० महीना लामो पहलपछि नेपालमा उत्पादित पानीको मध्यपूर्वको कतारमा निर्यात शुरू भएको छ। रुद्रगंगा नेचुरल वाटर प्रालिले उत्पादन गरेको ‘रसुवा’ ब्रान्डको पानीलाई दोहाको बजारमा बिक्री शुरू गरिएको
खाडी देशका लागि आधिकारिक वितरक बनेको न्यू लाङटाङ हिमालय ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीका प्रबन्ध निर्देशक बीबी खरेलले जानकारी दिएका हुन्।
पहिलो चरणमा काठमाडौंबाट करीब तीन हजार चार सय किलोमिटर टाढा (हवाई दूरी) को दोहासम्म जहाजमा हालेर लगभग आठ टन पानी पुर्याइएको छ।
पानीको परिमाण क्रमशः बढाउँदै लैजाने उनले बताए। कतारमा पानी परीक्षण, सरकारी निकायबाट प्रमाणीकरण तथा आवश्यक स्वीकृति पाएपछि बिक्री शुरू गरिएको खरेलले जानकारी दिए।
कम्पनीका अध्यक्ष गणेशबहादुर भण्डारीका अनुसार रसुवा ब्रान्डको पानी छिमेकी मुलुक चीनबाट अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराइएको हो।
कम्पनीले एक वर्षअघि, सन् २०२१ फेब्रुअरीमा पहिलो निर्यात गरेको थियो। चीनका वितरकले धेरै वटा प्रदर्शनी र मेलामा सहभागी गराए। सबै ठाउँबाट राम्रो प्रतिक्रिया आयो।

प्रतिकृया दिनुहोस्