

ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिकामा चट्याङले लागेर एक किशोरीको मृ’ त्यु भएको छ भने एक किशोरी गम्भिर घा’ इते भएकी छन् ।मृ’ त्यु
हुनेमा चम्पादेवी गाउँपालिका वडा नं ६ घोराखोरी भदौरीकी ललित कार्की तथा तारा कार्कीकी छोरी २० बर्षीया शर्मीला कार्की (तामाङ) रहेकी छन् ।
शुक्रबार दिउँसो साँढे ४ बजेतिर पानीसँगै परेको चट्याङले उनको मृ’ त्यु भएको हो ।सोही चट्याङले शंकर कार्की तथा अप्सरा कार्कीकी १६ बर्षीया छोरी
अरुणा कार्की भने गम्भिर घा’ इते भएकी छन् । चट्याङ लागेर घा’ इते भएका दुवैलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र (पिएचसी) रानीवन पुर्याइएको थियो ।
अस्पताल पुर्याइएको भएपनि शर्मीलाको बाटैमा मृ’ त्यु भएको पिएचसी रानीवनका एचए मदन कार्कीले जानकारी दिए । अरुणाको भने उपचार भैरहेको
चम्पादेवी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष गणेश केसीले जानकारी दिए ।घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल तर्फ गएको
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए । स्थानीयले जानकारी गराए पनि प्रहरीको टोली
घटनास्थल हुदै अस्पताल गएको तर विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्