
एप्पलले आज आइफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक गर्दैछ। एप्पलको आइफोन १४ सिरिज निकै प्रतिक्षित संस्करण हो।कम्पनीले अमेरिकास्थित आफ्नो कर्पोरेट मुख्यालय एप्पल पार्क क्याम्पसबाट ‘फार आउट’ नामक इभेन्टमार्फत
आइफोन १४ सार्वजनिक गर्ने तालिका बनाएको छ।नेपाली समयअनुसार आज राति १० बजेर ४५ मिनेटबाट एप्पल इभेन्ट सुरू हुनेछ। कार्यक्रममा कम्पनीले आइफोन १४ सँगै आइफोन १४ म्याक्स, आइफोन १४ प्रो, आइफोन १४ प्रो म्याक्स,
एप्पल वाच सिरिज ८, एप्पल वाच प्रो र एयरपड्स प्रो २ पनि सार्वजनिक गर्ने अपेक्षा राखिएको छ।हालसम्म बाहिरिएको जानकारीहरू अनुसार कम्पनीले ६.१ इन्च स्क्रिन भएको आइफोन १४, ६.१ इन्च स्क्रिन भएको आइफोन प्रो, ६.७ इन्च
स्क्रिन भएको आइफोन १४ (म्याक्स वा प्लस) र ६.७ इन्च स्क्रिन भएको आइफोन प्रो म्याक्स सार्वजनिक गर्नेछ।यी संस्करणहरूको क्यामेरा गुणस्तर तुलनात्मक रूपमा थप राम्रो हुने बताइएको छ। यी उपकरणहरूमा ठूलो सेन्सर, छिटो
चार्ज हुने विशेषता र स्याटेलाइट कनेक्टिभिटी जस्ता विशेषता समेत समावेश हुने अनुमान छ। एप्पलले सार्वजनिक गर्ने नयाँ आइफोन १४ प्रोमा भने यसको नेक्स्ट-जेन ए-१६ चिपसेट र क्वाल्कमको स्न्यापड्यागन एक्स-६५ चिप हुने बताइएको छ।

प्रतिकृया दिनुहोस्