

नेपाल प्रहरीले ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्ति पत्ता लगाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ओछ्यानमा नोटमाथि सुतेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पत्ता लगाएर सचेत गरेर छोडेको बताएको छ ।
महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्धि विक्रम शाहले नोटमाथि सुत्ने व्यक्तिलाई पक्राउ गरेर वास्तविकता बुझेर छोडिएको बताए । उनले सामाजिक सञ्जालमा राखेको भिडियोमा रहेको रकम सबै वैद्य भएकाले सचेत गरेर छाडिएको उनको भनाइ छ ।
‘वैद्य च्यानल (बैंक)बाट झिकेर भोलिपल्ट बैंकमा नै राखेको देखिन्छ, त्यसैले थप कारवाही गर्न सकिएन, नोटमाथि सुतेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न पाइदैँन भनेर सचेत गराएका छौं, थप गतिविधि नगरोस् भनेर निगरानीमा राखेर छोडिएको हो,’ शाहले भने ।
सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने व्यक्ति महोत्तरी जिल्ला बर्दिबास–१ स्थायी घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्दै
आएका सुलभ आचार्य रहेको प्रहरीले जनाएको छ । विदेशमा कलेजको शुल्क तिर्नका लागि ल्याएको रकम खाटमा विछ्याएर भिडियो बनाएका थिए ।
ललितपुरको बस्दै आएका उनले Fi_Venom99 ID बाट भिडियो पोस्ट गरेका थिए ।सोधपुछ गर्दा उनले विदेश पढ्न जानका लागि कलेजलाई बुझाउन पर्ने
पैसा रमाइलो गर्न खाटमा बिछ्याएर भिडिओ बनाएको बताएका छन्। उनले ल्याएको रकम एभरेष्ट बैंकबाट निकालेकाे प्रहरीले बताएको छ ।
प्रहरीको अनुसार नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर उनलाई छाडिएको हो । यदि उनले प्रयोग गरेको पैसा अवैद्य भएको भए कारबाहीको भागिदार हुनु पर्ने थियो ।
तर, उनले प्रयोग गरेको रकम बैद्य रहेको उनको भनाइ छ ।‘बैंकबाट निकालेर बैंकमै राखिएको छ भने त्यो पैसा बैद्य हुन्छ, वैद्य पैसामा थप कानुनी प्रावधान छैन,

प्रतिकृया दिनुहोस्