११ जेष्ठ २०८०, बिहीबार १९:१३


त्रियुगा नगरपालिका वडा नं १२ ले सुत्केरीहरुलाई पौष्टिकजन्य आहार वितरण गरेको छ । गरिव परिवारलाई लक्षित गरि वडा भित्रका ७० सुत्केरीहरुलाई पौष्टिकजन्य आहार बितरण गरेको हो ।
आज वडा कार्यलयमा एक कार्यक्रम गर्दै वडा भित्रका सुत्केरी महिलालाई घिउ, ज्वानो, चना, मोटर र मुसुरीको दाल मिलाएर बितरण गरिएको वडा सचिव निरु कार्कीले जानकारी दिइन ।
सुत्केरी महिलालाई प्रोत्साहन र सम्मान स्वरुप थोरै भएपनी पौष्टिक आहार वितरण गरेको कार्य वाहक वडा अध्यक्ष अनिता थापाले जानकारी दिइन ।

प्रतिकृया दिनुहोस्