नेपाली कांग्रेसमा हाल दुई शक्ति केन्द्र छन् । एउटा शक्ति केन्द्रको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाको हातमा छ । कार्यकारी पद महामन्त्रीको जिम्मेवारीमा रहेकाले अर्को खेमाको नेतृत्व गगन थापाले गरेका छन् ।
पार्टीभित्र थापा खेमाको नेतृत्व नेता डा. शेखर कोइरालाले गरे पनि उनीसँग कार्यकारी पद छैन । तसर्थ, एउटा खेमामा बढी आश थापामा छ । कार्यकर्ता बाठा भइसके । ‘जय नेपाल’ भन्न जुनसुकै सम्मानित नेता भेटे पनि
टिकट र लाभ पाउन कार्यकारीकै पछि लाग्नुपर्यो । सभापति देउवा प्रधानमन्त्रीसमेत रहेकाले उनलाई भेट्न हत्तपत्त नेता कार्यकर्ताले पाउँदैनन् । देउवा स्वयंले भेट्न इच्छा गरे भने मात्रै नेता कार्यकर्ताका लागि बालुवाटारको
ढोका खुल्छ ।देउवासँग भेट्न पाउनेले त पाए, देउवासँग भेटेकामध्ये कतिपय, नभेटेकाहरू चाहिँ महामन्त्री थापाकहाँ पनि धाउँछन् । देशभरबाट आएका नेता कार्यकर्ता देउवा वा थापाका घरमा लाइन लाग्नुको एउटै कारण
छ – ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन महामन्त्री विश्वप्रकाश शर्मा उपचाररत रहेकाले उनीकहाँ पुगेर टिकटको हारगुहार गर्ने अवस्था अहिले छैन । उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङकहाँ टिकटको
भनसुन गर्नेहरुको भिड छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा पनि फाट्ट फुट्टमात्र नेता कार्यकर्ता पुग्छन् ।गृह जिल्ला तनहुँका नेता कार्यकर्ता सोमबार विहान उनको निवास पुगेका थिए । उक्त भेटघाटको
मूल उद्देश्य पौडेलको गृह जिल्ला तनहुँका आकांक्षीको व्यवस्थापनमा केन्द्रित रहेको सहभागी आस्था विन्दु मल्ल ठकुरीले जानकारी दिइन् । उनी प्रदेशसभातर्फ समानुपातिकमा सिफारिसमा परेकी छन् ।
प्रतिकृया दिनुहोस्