उदयपुर, भदौ २९ / त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेत र शहरी बिकाश मन्त्रालयका सह सचिव राम चन्द्र दँगाल बीच भेट बार्ता भएको छ | बस्नेत र दँगाल बीच काठमाडौँमा भेट भएको हो |
नगर प्रमुख बस्नेतले आफ्ना नगरको दिगो बिकासका योजनाहरु सह सचिव दँगाल बीच राखेको स्रोतले बताए | देश भरिका नेताहरु प्रदेश र संघको चुनाबमा आफ्नो टिकट सुनिस्चित गर्न काठमाडौँ धाइरहेको बेला नगर प्रमुख
बस्नेत भने आफ्नो नगरका योजनाहरु लिएर मन्त्रालय गएको बताए | बस्नेतले त्रियुगा रिङ्ग रोड बरुवाखोला करिडोर निर्माण त्रियुगा खोला करिडोर निर्माण बरुवा बसपार्क निर्माण बिसनपुर हरित पार्क निर्माण एकीकृत शहरी
विकास योजनाहरु अघि सारेको बताए |त्रियुगा नगरपालिकाको दिगो बिकासको लागि शहरी बिकाश मन्त्रालयका सधै साथमा साथ रहने सह सचिव राम चन्द्र दँगालले नगर उप-प्रमुख महेश्वरी राईलाइ बताए |
प्रतिकृया दिनुहोस्