
उदयपुर, भदौ ३० / त्रियुगा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी विभिन्न क्रियाकलापका साथ ५८ औं राष्ट्रिय बाल दिवस २०७९ दिवस मनाएको छ । कार्यक्रम नगरको सभा हालमा आयोजना गरेको थियो भने
कार्यक्रमको प्रमुख अथिति तिलक बहादुर कटुवाल बिशेष अथिति प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन रहेको थियो | कार्यक्रममा बाल सरोकार वालाहरुका साथै उल्लेख्य बाल बालिकाहरुको उपस्थिति रहयो थियो ।
प्रमुख अथिति कटुवालले बालबालिकाहरुकाे उज्ज्वल भविष्यको कामना सहित बाल दिवसकाे हार्दिक शुभकामना दिनु भयो । तेस्तै बिशेष अथिति बनले त्रियुगा नगरलाइ शिक्षा मैत्री नगर बनाउने बताउनु भयो |
५८ औं वालदिवशको अवसरमा बक्तितोकालको आयोजना गरेको थियो जसमा प्रथम मा.बि पात्लेवास, दोस्रो मा.बि गाईघाट, तेस्रो मा.बि भुल्के र शान्त्वना पुरस्कार मा.बि वालमन्दिरले प्राप्त गरेको प्रमुख अथिति कटुवालले बताउनु भयो |

प्रतिकृया दिनुहोस्