
गाईघाट / भदौ ३१, उदयपुरमा जितिया महोत्सव २०७९ आयोजना हुने भएको छ | महोत्सव यहि असोज २ गते दिन को १ बजे त्रियुगा नगरपालिका वडा न. ४ बगाहा सालघारी जितामहान मन्दिर परिसरमा हुने भएको हो |
थारु कल्याणकारिणी नगर सभाले आयोजान गरेको हो भने महोत्सवको प्रमुख अथिति नगर प्रमुख बसन्त कुमार बस्नेत रहेको छ | जितामहान बाबाको दर्शन पुजा पाठ र कथा श्रवण रहेको छ भने जिल्ला स्तरिय थारु कला
संस्कृति नाच गानको बेजोड प्रस्तुति रहेको छ | कार्यक्रममा पुरस्कार र प्रमाण पत्रको पनि व्यवस्था रहेको युवा नेता सुमन कुमार चौधरीले बताउनु भयो | चौधरीका अनुसार प्रथम पुरस्कार रु २०००० ( बिस हजार ) दोस्रो पुरस्कार रु १५००० ( पन्ध्र हजार )
तेस्रो पुरस्कार रु १०००० ( दस हजार ) रहेको बताए | महोत्सवमा राजनीति कर्मी, बुद्धि जीबी, नागरिक अधिकार कर्मी र पत्रकारहरु लगायत सम्पूर्ण जिल्ला बासीलाई निमन्त्रणा गरेको चौधरीले बतानु भयो |

प्रतिकृया दिनुहोस्