१ आश्विन २०७९, शनिबार ११:३१

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका- १४ साउनेमा सडक तथा टोल सरसफाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय वरभञ्ज्याङ टोल विकास संस्थाको अगुवाईमा भएको सरसफाईमा प्रहरी चौकी साउनेको समेत सहभागिता रहेको थियो ।

स्थानीय लोकमणी थापाका अनुसार टोल विकास संस्थाले बजार क्षेत्र र आसपासमा समेत सरसफाइ गरेको हो । त्यस्तै अबदेखि हरेक हप्ता साउने बजारमा संकलित फोहोरमैला त्रियुगा नगरपालिकाले उठाउने भएको छ ।

बजार क्षेत्रमा रहेका सर्वसाधरणलाई आआफ्नो घरको फोहोर घरअगाडि व्यवस्थित गरेर राख्न समेत आग्रह गरिएको टोल विकास संस्थाका अध्यक्ष तारीणी थापाले जानकारी दिए । सो कार्यक्रममा त्रिनपा १४ का वडाध्यक्ष हिमराज मगर (हेम)लगायतको पनि सहभागिता थियो ।


प्रतिकृया दिनुहोस्