केहि समय यता आईपीओ भर्नेको संख्या घटेको छ । एक त बुल बजारमा जस्तो अहिलेको बजारमा ‘चार्म’ नहुनु स्वाभाविक पनि हो, अर्कोतर्फ भर्यो–भर्यो, पर्दैन अनि किन भर्नु, बेकार आश्वा शुल्क मात्र स्वाहा भन्ने मनोविज्ञान हाबी हुँदा आईपीओ भर्नेको संख्या घटेको हो भन्दा फरक पर्दैन ।
हुन पनि आश्वा शुल्कका नाममा बैंकहरुले लुट नै मच्चाएका थिए । राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक, एनआईसी एशिया बैंकले मात्र निशुल्क आईपीओ भर्न पाउने व्यवस्था गरेका थिए ।
कुमारी बैंकले केहि समय अघि मात्र सीआश्वा शुल्क खारेज गरेको थियो । बाँकी वाणिज्य बैंकहरुले १० रुपैयाँदेखि २५ रुपैयाँसम्म आश्वा शुल्क उठाउने गरेका थिए । स्ट्यान्डर्ड चार्टड बैंकले त एक पटक आईपीओ भरेको १०० रुपैयाँ लिन्थ्यो ।
सेयर बजारका लगानीकर्तामाथि यो हदसम्मको लुट थियो कि आईपीओ निष्कासन रकम भन्दा बढी त आश्वा शुल्क नै उठ्ने गर्थ्यो । तर लगानीकर्तामाथिको सो लुटलाई नेपाल धितोपत्र बोर्डले अव एक पटक आईपीओ भर्दा बैंकहरुले बढीमा ५ रुपैयाँ शुल्क मात्र लिन पाउने भएका छन् । यो नियम ७ भदौ, २०७९ बाट लागु भएको नेपाल धितोपत्र बोडका अध्यक्ष रमेश हमालले पंक्तिकारसंगको भेटमा बताए ।
गरे के नहुने रहेछ र ? कुनै बेला आश्वा शुल्क घताउनुपर्यो भनेर लगानीकर्ताहरुले माग राख्दा नेपाल धितोपत्र बोर्डको तत्कालीन नेतृव यसो गर्न बैंकले मान्दैन भनेर पन्छिन्थ्यो । सीआश्वा शुल्कका नाममा सेयर बजारमा लुट मच्चिरहँदा बोर्डका हाकिमहरु भुँडी पल्टाएर हिड्ने गर्थे, कानमा तेल हालेर बस्ने गर्थ्य । लगानीकर्तालाई चुसेर, सूचीकृत कम्पनीका मनपरी छोपेर खान पल्किएकाहरुले धितोपत्र बोर्डमा लगानीकर्ताका पक्षमा सिन्का भाँच्दैनथिए ।
जहाँ–जहाँ पैसा आउँछ, त्यहि मात्र गर्थ्य । तर सेयर बजारलाई बलियो बनाउने प्रतिबद्धता गरेर नेपाल धितोपत्र बोर्डमा आएका नयाँ अध्यक्ष रमेश हमालले कुलमान शैलीमा काम गर्न थालेका छन् । भन्दा अब फरक पर्दैन ।
लगानीकर्ताका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका अध्यक्ष हमाल निरन्तर लगानीकर्ताकै पक्षमा छन् । धितोपत्र बोर्डमा आएपछि नै रमेश हमालले कमालको काम गरेका छन् ।
उनको काम देखेर सेयर बजारका माफियाहरुलाई गतिलो निन्द्रा लाग्दैन आजकल । बुझ्न गाह्रो छैन, सीआश्वा शुल्क यसरी घटाउने निर्णय गर्दा उनलाई पक्कै बैंकहरुका सञ्चालक र अध्यक्षहरुको प्रेसर थियो, तर उनले गरेरै छाडे ।
प्रतिकृया दिनुहोस्