८ कार्तिक २०८२, शुक्रबार १४:४३

समृद्ध नेपाल संवाददाता
कात्तिक ६ ,उदयपुर
उदयपुरको बेलका नगरपालिका–३ दोङ टोलमा एउटा मगरगोहि फेला पछि उद्धार गरिएको छ । बिहिबार स्थानीयले खेतको सिंचित कुलोमा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरमा जानकारी गराएका थिए / गोही करिब ६ फिट लामो रहेको र सुरक्षित रूपमा उद्दार गरिएको डिभिजन वन कार्यालय उदयपुर ले जनाएको छ ‘; सब डिभिजन वन कार्यालय मैनामैनी र इलाका प्रहरी कार्यालय रामपुरठोक्क्सिलाको विशेष सहयोगमा गोहीको सुरक्षित उद्धार गरि सप्तकोशीमा लगेर छाडिएको वन अधिकृत जागेश्वर साहले जानकारी दिनुभयो । मगर गोही दक्षिणी इरान देखि नेपाल लगायत भारतीय उपमहाद्वीपका राष्ट्रहरूको क्षेत्रमा पाइने गोहीको प्रजाति हो।


प्रतिकृया दिनुहोस्