

गोठाटारमा गत असोज ३ गते भएको घटनामा नौलो रहस्य खुलेको छ । गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गो’ली हानी ह’त्या आरो’पमा प्रहरीले तीन जनालाई प’क्राउ गरेपनि मुुख्य नाइके अझैँ नभेटिएको तथ्य खुुलेको हो ।
आज सार्वजनिक गरिएका व्यक्तिहरुमा वीरगञ्ज महागरपालिका १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका १ की सुमी भनिने सुस्मिता
स्याङताङ रहेका छन् । केही दिनअघि प’क्राउ परेका उनीहरूलाई काठमाडौँ प्रहरी परिसरले शुक्रबार सार्वजनिक गरेको हो ।पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको रेकी गरेको पाइएको जिल्ला प्रहरी
परिसरले जनाएको छ । प’क्राउ परेका व्यक्तिहरूले दिएको ब’यानका आधारमा थप अनुस’न्धान भइरहेको र घटनामा अन्य केही व्यक्ति पनि सं’लग्न रहेको खुलेको छ ।घटनाको अनुसन्धानका लागि काठमाडौँ
उपत्यका अप’राध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो ।काठमाडौँ जिल्ला परिसरले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका तीनमध्ये २ जना युवक र
एक जना युवती गो’लीकाण्ड घटनामा सामान्य सहयोगी मात्रै हुन् । पत्रकार सम्मेलनमा प्रहरीले घटनामा सं’लग्नहरुलाई सार्वजनिक गर्दै उनीहरुको बारेमा केही पनि बताउन सकेन ।
प’क्राउ परेकी युवती भने यसअघि ला’गूप’दार्थ का’रोबारमा संल’ग्न रहेको आ’रोपमा प’क्राउ परेकी थिइन् । उनी जे’लसमेत बसेको प्रहरी तथ्यांकले देखाउँछ ।
तर बाँकी दुई जनाको पृष्ठभूमिबारे प्र’हरीले आनाकानी गर्नुले उनीहरु सामान्य सहयोगी रहेको प्रष्ट्याउँछ । अर्को कारण प्रहरीले यो १० दिनमा कुनै स’बुत फे’ला पार्न नसक्नु र मुख्य सु’टर अझै फ’रार रहनुले पनि घ’टनाका मुख्य दो’षी प’क्राउ परेकाहरु नभएको देखिन्छ ।

प्रतिकृया दिनुहोस्