

गाईघाट, उदयपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेस नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले प्रतिनिधिसभा सदस्यका
लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रमा कांग्रेसहितको गठबन्धनकातर्फबाट नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उम्मेदवार छन् । यस्तै, एमालेले यो क्षेत्रबाट अम्मरबहादुर रायमाझीलाई
उठाउने निर्णय गरेको छ । राईले नेपाली जनता पार्टी प्रति भन्दा स्वतन्त्र व्यक्ति तर्फ बढी झुकाब रहेकोले मेरो उमेदबार स्वतन्त्रमा रहेको बताउनु भएको छ | अर्को कुरा मलाई पार्टीले पटक पटक अन्तर्घात गर्ने गरेको छ
पार्टी भित्र एउटा समुह छ जस्ले मलाई टिकट दिन बन्चित गरि रहेको छ | मलाई क्षेत्र न. २ को जनताले नै पार्टीले टिकट नदिने पनि स्वतन्त्र उमेदबार उठ्न आग्रह गरेकोले मेरो उमेदवारी रहेको राइले बताउनु भएको हो |

प्रतिकृया दिनुहोस्