

यौ’नजन्य कसुरमा पक्राउ परेका राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने चार दिनदेखि गौशाला प्रहरीको हिरासतमा छन् । उनलाई त्यहाँ अन्य कैदी बन्दी सरह नै राखिएको छ ।आफूलाई भेट्न आएकाहरूसँग
सन्दीपले प्रहरीको व्यवहार र बसाइलाई लिएर कुनै गुनासो गरेका छैनन् । उनले सबैसँग आफू निर्दोष रहेको र आरोप निराधार रहेको दोहोर्याइरहेका छन् ।सन्दीपको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,
‘रुम अलिकति निसास्सिँदो भए पनि भित्रको माहोल ठिकै छ । प्रहरीले अहिलेसम्म सहयोगी व्यवहार गरिरहेका छन् ।सन्दीपले हिरासतभित्र सबै कैदीका लागि पाक्ने खाना नै खाइरहेका छन् ।
हिजो उनलाई परिवारजनले अलिकति ड्राइफ्रुट्सका साथै टावेल, ट्राउजर लगायतका लुगाफाटा पुर्याइदिएका थिए ।सन्दीपलाई आज उनका वयोवृद्ध आमाबुवा हिरासतमा भेटे । बुवा चन्द्रनारायण र आमा
कोपिलादेवीले आज दिउँसो गौशाला प्रहरी वृत्तमा पुगेर छोरालाई भेटेका हुन् ।आफैँ अस्वस्थ अवस्थामा रहेका आमाबुवा सन्दीपलाई भेट्न आजै चितवनबाट काठमाडौं आएका थिए ।
उनीहरूले प्रहरीको रोहबरमा सन्दीपसँग केही बेर कुराकानी गरेको प्रहरी स्रोतले बतायो । कुराकानीका क्रममा तीनै जना भावुक बनेको स्रोतको भनाइ छ ।

प्रतिकृया दिनुहोस्