

क्रिकेटर सन्दीप लामिछानेले घटनाबारे आफ्नो कुुरा राखेका छन् । सोमबार जिल्ला अदालत काठमाडौँ पुर्याइएका उनले इजा’लासका न्यायाधिस दण्डपाणि न्यौपानेसामूू आफ्ना कुुरा राखेका हुन् ।
उनलाई बिहान १० बजे नै अदाल’त पुर्याइएको थियो। सन्दीपका वकिल सरोज कृष्ण घिमिरेलगायतको टोली भने ९ बजे नै अदालत पुगेको थियो। सन्दीपलाई अ’दालत
पुर्याएको करिब ४५ मिनेटपछि मात्रै १२ नम्बर इजालासका न्यायाधिस नेउपाने इज’लासमा उपस्थित भएका थिए।नेउपानेले इजलासमा सन्दीपलाई आफ्नो कुरा राख्न समय दिएका थिए।
सो क्रममा सन्दीपले घटना विवरण प्रस्तुत गर्दै आफूलाई फ’साइएको र अदालतले न्या’य दिने विश्वास व्यक्त गरे। उनले आफ्नो आत्म सम्मानमा गम्भी’र धक्का’ लागेको र निय’तवस
फ’साइएको भन्दै उनी ना’बालिग समेत नभएको दाबी गरेका थिए।त्यस क्रममा सन्दीपले भने, ‘मैले उजुरीकर्ताकै आग्रहमा उनलाई भेटेको हो, उनी नाबा लिग पनि होइनन्। उनलाई मैले दरबारमार्गमा कफी
खाएर छुटौँ भनेँ तर उनले नगरकोट घुम्न जान मन लागेको र पुगेर आउन सकिने बताइन्।मैले रात पर्छ होस्टलमा आउन ढिला हुन्छ भन्दा उनले नै आफ्नो होस्टल जुनसुकै समयमा पनि खुल्ने भएकाले पुगेर आउन
भ्याइने बताइन्। त्यसपछि नगरकोट पुगेर हामी काठमाडौँ फर्कियौँ।’सन्दीपले अदा’लत समक्ष भने, ‘काठमाडौँ फर्किएपछि उनले आफ्नो होस्टल बन्द भएको भन्दै आफूलाई होटलमा राखिदिन आग्रह गरिन्।
मैले टिम बसेकै होटलमा जाउँ त्यहाँ म्यानेज गर्छु भनेँ। तर उनले देव खनाललगायत अन्य क्रिकेट खेलाडीलाई पनि आफूले चिन्ने भएकाले टिम बसेको होटलमा जान अस्वीकार गरिन्।’

प्रतिकृया दिनुहोस्