

मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।
४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असोज २३ गते मनोनयन दर्ता भएको थियो । त्यो क्षेत्रमा उनको प्रतिस्पर्धामा अरु कोही नभए पछि उनी निर्विरोध भएका हुन् ।
उनले स्वतन्त्र रुपमा उम्मेदवारी मनोनयन गराएका थिए ।उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता
लिनका लागि उनले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिइसकेका छन् ।निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएको छ । निर्वाचन
अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले दिएको जानकारीअनुसार दोर्जे लामाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । यसको सूचना दिउँसो ३ बजे निकालिने पनि उनले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्