

गाईघाट, नेपाली कांग्रेस जिल्ला उदयपुरले ५ जनालाई गरेको निलम्बन फुकुवा हुने भएको छ । गठबन्धनका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएका उमेदबार, समर्थक र
प्रस्तावकलाई पार्टीले निस्काशन गरेको थियो । नेपाली कांग्रेस केन्द्रिय कार्यलयले आज एक प्रेस विज्ञप्ति निकाल्दै देश भरिका विद्रोही उम्मेदवारको फुकुवा हुने बताएको छ । विज्ञप्तिमा तोकिएको मिति र समयभित्र
आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिकउम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन
पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रियगराएमा त्यस्ता
विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ भन्दै विज्ञप्ति निकालेको छ । प्रेस विज्ञप्ति


प्रतिकृया दिनुहोस्