

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकमार नेपालकी बुहारी भगवती ढकाल पनि चुुनावी मैदानमा उत्रिएको खुुलेको छ । उनले काठमाडौं क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएको खुुलेको हो ।
उनी अहिले आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसारमा व्यस्त रहेकी छन् । उनको उम्मेदवारीले आम मतदातामा चासोसमेत थपेको छ । हाल स्वतन्त्र उम्मेदवार रहेकी ढकाल माधव नेपालसँग नभइ अन्यत्रै बस्दै आएको बताइएको छ ।
उनका श्रीमान प्रविन नेपाल पनि नेकपा एकीकृतबाट उम्मेदवार रहेको बताइएको छ । उनले काठमाडौं क्षेत्र नं-२ स्वतन्त्र उम्मेदवारी दिएर प्रचारमा व्यस्त छन् । गठबन्धनका तर्फबाट यो क्षेत्र अर्कै उम्मेदवार छ ।
उनले निर्वाचन आयोगबाट सूर्यमुखी फुल चुनाव चिह्न पाएकी छन् । यही चिह्न लिएर ढकाल अहिले मैदानमा उत्रिएकी छन् । पार्टी गत उम्मेदवारलाई जिताएर जनताले केही नपाएकाले आफुले स्वतन्त्रमा उम्मेदवारी दिएको बताउँदै आएकी छन् ।
अरुलाई पटक पटक सम्झीरहने जनाताले मलाई पनि एकपटक किन नसम्झने भन्दै सुर्यमुखी फुल बोकेर भोट मागिरहेकी ढकालले चुनाब जिताएमा आफुले पाउने सबै तलबभत्ता नलिने र आएको जति
अनाथ बालबालीकालाई प्रदान गर्ने बताउँदै आएकी छन् । यसअघि माधव नेपाल उठेको यो क्षेत्रमा उनको स्वतन्त्र उम्मेदवारी रहस्यमय बनेको छ ।गठबन्धनका तर्फबाट सो क्षेत्र
नेकपा माओवादीकी नेतृ एवं पूर्वसभामुख ओनसरी घर्ती उम्मेदवार रहेकी छन् । सिन्धुपाल्चोक माइत भएकी ढकालले काठमाडौं क्षेत्र न-२ जनताले आफुलाई मतदान गर्ने दावी गरेकी छन् ।

प्रतिकृया दिनुहोस्