

वरिष्ठ कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ अस्पताल भर्ना भएका छन् । निमोनियाको समस्याका कारण स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई परिवारले केही दिन अगाडि चाबहिलको मेडिकेयर
अस्पतालको आइसीयूमा भर्ना गराएका हुन् ।६८ वर्षका कलाकार अधिकारीको स्वास्थ्यमा केही सुधार भएका कारण सोमबार आइसीयुबाट साधारण वाडमा सारिएको छ । उनलाई अझै केही दिन अस्पतालमै
राख्नुपर्ने चिकित्सकले जनाएको हास्य कलाकार गोपाल ढकाल छन्देले बताए ।फिल्म तथा सानोपर्दाका चलचित्रको अलावा म्युजिक भिडियो समेत थुप्रै अभिनय गरेका अधिकारी पछिल्लो समय सानोपर्दाका सिरियलमा
काजी सापको भूमिकाबाट चर्चित छन् ।उनी हरेक नेपाली भाषीको मनमा बसेका कलाकार हुन् । साधारण जीवनशैली उत्कृष्ट अभिनयका कारण उनी चर्चाको शिखरमा छन् । उनको अभिनय जीवन्त हुने गर्दछ ।
अन्य समाचार पढ्नुहाेस्:- बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने लुम्बिनी प्रदेशका जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा
रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको लुम्बिनी प्रदेशको आर्थिक विवरणअनुसार सो जिल्लाका नागरिकले ९३ करोड ७३ लाख
बराबरको रकम मात्रै बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा राखेको पाइएको छ ।केन्द्रीय बैंकले सातवटै प्रदेशको आर्थिक अवस्थाका बारेमा नियमित विवरण सार्वजनिक गर्दै आएको छ। सोही क्रममा पछिल्लो
पटक लुम्बिनी प्रदेशको विवरणसमेत प्रकाशित गरेको छ। बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कूल निक्षेप गत वर्षको तुलनामा न्यूनरुपमा मात्रै वृद्धि भएको छ।
कुल चार खर्ब दुई अर्ब ८३ करोड ७६ लाख बराबरको निक्षेप सो प्रदेशभित्र रहेको पाइएको छ। विसं २०७८ असारको तुलनामा ९ प्रतिशतले निक्षेप बढेको छ।
रुपन्देहीको हिस्सा सबैभन्दा बढी रहेको पाइएको छ। केन्द्रीय बैंकको विवरणअनुसार कुल ४४.४८ प्रतिशत बराबरको हिस्सा सो जिल्लाको छ। बुटवल, भैरहवालगायतका क्षेत्रमा औद्योगिक विकास भएको, गौतमबुद्ध
विमानस्थलसमेत सञ्चालनमा आएको, उद्योग व्यवसाय विस्तार भएकाले सो जिल्लाका नागरिकको कमाई पनि बढ्दो छ। सोही कारणले गर्दा त्यस जिल्लाका नागरिकले बैंक तथा वित्तीय संस्थामा बढीमात्रामा निक्षेप जम्मा गरेका छन्।

प्रतिकृया दिनुहोस्