

क्रिकेटर सन्दीप लामिछानेको ब’यान सकिएको छ । उनीसँग सरकारी वकिलको कार्यालयले लिएको ब’यान सकिएको हो। लामिछानेले आफू भनिएकी युवतीसँग भदौ ५ गतेको रा’तिमा सँगै बसेको स्वीकारेका छन् ।
उनले ब’ला त्कार भने नगरेको दाबी गरेको बताइएको छ । उनी होटलमा गएको कुरा सीसीटीभीले पनि प्रमाणित गरेको छ । उनका अनुसार सन्दीपले भदौ ५ गते नगरकोट घुम्न गएको कुरा पनि बताएका छन् ।
उनले घुम्न जाने र बस्ने सबै कुरा पी’डित किशोरीको सहमतिमा भएको ब’यान दिएका छन् । सन्दीपले त्यो दिन होटलमा कोठा नभएकाले एउटै को’ठामा बस्नु बाध्यता भएको पनि बताएका छन् ।
सन्दीपलाई नगरकोटको भ्याली भ्यु रिसोर्ट र काठमाडौंको काठमाडौं इन होटलको सीसी’टीभी फूटेज देखाएको थियो । फूटेजमा देखिएको व्यक्ति आफू भएको उनले स्वीकारेको प्रहरी स्रोतले बतायो ।
सन्दीपका अधिवक्ताहरूले पी’डित भनिएकी युवती २०५९ साल जेठमा जन्मेको र उनको जन्ममिति सम्बन्धी विवरण अलग-अलग भेटिएको दाबी गर्दै आएका छन् ।
सन्दीपको पक्षबाट वका’लत गर्न लागेका एक अधिवक्ताका अनुसार पर्सामा ती युवतीको जन्म भएको हो । त्यहाँको अस्पतालमा रहेको तथ्यांकले पनि उनको जन्म पहिल्यै भएको
देखाउने उनको दाबी छ । उनको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइसराइ प्रमाणपत्रमा पनि २०५९ जेठ उल्लेख भएको स्रोतको दाबी छ ।ती अधिवक्ताका अनुसार पी’डित
भनिएकी किशोरीको घटाएको जन्मदर्तामा २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाइएको व’किलहरूले बताएका छन् ।२३ गते म्याद थप भएपछि अ’दालतबाट
बाहिर निस्कने क्रममा सन्दीप लामिछानेकी अ’धिवक्ता सुधा रिमालले आफूहरूसँग पी’डित भनिएकी किशोरी नाबा’लिग नभएको प्रमाण रहेको दाबी गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्