dhanteras


कात्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । कात्तिक मासको कृष्ण पक्षको त्रयोदशीका दिन समुन्द्र मन्थनका क्रममा भगवान धनवन्तरी एउटा कलश लिएर प्रकट भएका थिए । त्यसैले हरेक वर्ष धनतेरस पर्व मनाउने गरिन्छ ।
भगवान् धनवन्तरी एउटा कलश लिएर उत्पन्न भएकाले यस दिन हरेक वर्ष भाँडा किन्ने परम्परा रहेको छ । शुभ मुहूर्तमा आजको दिन खरिद गरिएका सामानहरुलाई पूजा गर्ने गरिन्छ ।
शुभ फल प्राप्त गर्नका लािग शुभ मुहूर्तमा पूजा गर्नुपर्ने हुन्छ । यस दिन केही विशेष चीज जस्तै, चाँदी, सुन, कुचो, भाँडा किन्ने परम्परा छ ।
धनतेरस पूजाको विधि धनतेरसको पूजाका लागि प्रदोष काल सबैभन्दा उत्तम समय हो । यसै समयमा पनि सामानहरु खरिद गर्न सकिन्छ । प्रदोष कालमा घ्युको दियो जलाउने र कुबेरलाई सेतो मिठाई र धनवन्तरी भगवानलाई पहेँलो मिठाई चढाउनुपर्छ ।
त्यसपछि ‘ॐ ह्रीं कुबेराय नमः’ जप्ने र ‘धनवन्तरीस्तोत्र’ पाठ गर्ने । यसमा लक्ष्मी र गणेश भगवानको पूजा गर्ने गर्नुपर्छ । यसै दिन पञ्चोपचारको पूजा पनि गर्नुपर्छ । साथै, सामुन्ने माटोको दियो जलाउने र मिठाईको भोग लगाउने गर्नुपर्छ ।
धनतेरसमा के किन्ने ? धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो गणेश लक्ष्मीको मूर्ति माटो वा फलामको दीयो ।धन यन्त्र आर्थिक लाभका लागि पानीका भाडा
कारोबारमा विस्तारका लागि धातुको दियो सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली स्वास्थ्य तथा आयुका लागि घन्ट घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा रातोपाटि बाट

प्रतिकृया दिनुहोस्