

काठमाडौंको थापाथली क्षेत्रमा पानीपुरी बिक्री गर्दै आइरहेकी लमजुङकी ३४ वर्षीया सर्मिला तामाङको ठेलालाई केही दिनअघि नगर प्रहरीले हटाइदियो।तामाङले आफ्नो पाखुरामा स्टिल राखिएको र
अपरेशन गरी झिक्न पैसा नभएकोले ठेलामा पानीपुरी व्यापारबाटै पैसा संकलन गरी उपचार गर्ने भएकोले व्यापार गर्न दिन नगर प्रहरीसमक्ष आग्रह गरेकी थिइन्। तामाङको ठेला नगर प्रहरीले हटाएको
भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उक्त भिडिओ डाक्टर बुद्धिमान श्रेष्ठले पनि हेरे। कान्तिपुर डेन्टल कलेज तथा जनरल हस्पिटलका सञ्चालकसमेत रहेका श्रेष्ठले तामाङको
पाखुरामा राखेको स्टिल केडीसी अस्पताल बसुन्धारामा निकालिदिने बचन दिएका थिए।सोहीअनुसार तामाङलाई गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो। शुक्रबार उनको हातमा रहेको स्टिल निकालिएको छ।
अर्थोपेडिक सर्जन डाक्टर सविन पोखरेल नेतृत्वमा रहेको चिकित्सक टोलीले तामाङको शल्यक्रिया गरेको हो। उनको शल्यक्रिया सफल भएको र सोमबार डिस्चार्ज गरिने अस्पतालले जनाएको छ। सेतोपाटि

प्रतिकृया दिनुहोस्