

चर्चित अभिनेत्री प्रियंका कार्कीको घरमा चोर पसेपछि उनलाई ठूलो घाटा भएको छ । कार्कीको ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको घरमा सोमबार राति ठूलो चोरी भएको हो ।
उनको घरबाट नगद ३० हजार रुपैयाँ, विभिन्न गरग’हना ५ लाख ५० हजार रुपैयाँ बराबरको गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ ।
बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए । चोरको बिषय
अनुसन्धान लगभग लगभग सकिन लागेकोले चोर छिट्टै पत्ता लाग्ने एसपी सुधीरराज शाहीले बताए ।त्यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोट संगमटोल बस्ने ६८ वर्षीय नगेन्द्र प्रसाद पौडेलको घरमा पनि चोरी भएको छ।
घरबाट सुनका गहना,नगद र तामाको थाली ३ थानसमेत ४ लाख २० हजार रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ।
बर्दियाको गुलरिया नगरपालिका-४ संगमबस्ती टोल बस्ने प्रताप पोखरेलको घरबाट सुनका विभिन्न ग’हना, नगद ५५ हजार रुपैयाँ र मोबाइल २ थान समेत गरी ४ लाख ६९ हजार ५ सय रुपैयाँ बराबरको धन’माल गए राति चो’री भएको छ।

प्रतिकृया दिनुहोस्