

काठमाडौँ, विदेश गएको दुई महिनामा नेपाली चेली बिरामीले थला परेको छ । बर्दिया बासगढि न.पा घर भएकी नाम परिवर्तन सीता ओलि रोजगारीको शिलसिलामा कुवेत पुगेर बिरामी भएको हो ।
सामाजिक संजाल फेसबुकमा “टुडे खोज” नामक पेजमा भिडियो सहित स्टाटस पोस्ट गरेको छ । स्टाटस यस्तो रहेको छ “विदेशमा बेचिएकि नेपाली चेलीको वेदना सुन्दा म जस्तै हजारौं तपाईंहरु सबैको रगत
उम्लिएर आउँछ होला बर्दिया बासगढि न.पा घर भएकी नाम परिवर्तन सीता ओलि रोजगारीको शिलसिलामा थुप्रै सपना सजाएर २/३ महिना अघि कुबेत गएकी थिइन तर उनको जिवन नेपाली
अनुहारका दलालहरुले कहालीलाग्दो नर्ग बनाइदिएका छन । म्यानपावरका एजेन्ड दलालहरुले कुवेतमा राम्रो कामको प्रलोभन देखाएर यी नेपाली चेलीलाई कुबेतको नरपिचासु एउटा दलालको
घरमा बेचिन पुगिन र उक्त घरमा यातना खेप्न नसकेर जीवन जोगाउन सफल भई हाल कुवेत स्थित एकजना नेपाली दिदि कहाँ सुरक्षित रहेको खबर हामीलाई प्राप्त भएको छ । बहिनीको
उद्दारको निम्ति हाम्रो विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) केन्द्रिय समिति मार्फत पहलकदमी गरिरहेका छौँ । बिदेश जाने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु राम्रो संग बुझेर अनि सजग भएर मात्र जानुहोला” ।स्रोत : लोकेश जोशी

प्रतिकृया दिनुहोस्