
काठमाडौँ, एक १६ वर्षिय युवती सम्पर्क बिहिन भएको छ । सिन्धुपाल्चोक घर भएका एलिशा श्रेष्ठ दुई दिन देखि सम्पर्क बिहिन भनेको हो । राजन जंग नेवारले आफ्नो सामाजिक
संजाल फेसबुकमा फोटो पोस्ट गर्दै खोजिदिन सबैमा अपिल गरेको छ । नेवारले सौतेनी आमा भनिने मुना सोमैमगर संग गएको र सोहि सौतेनी आमाले भारत लागेको हुन् सक्ने संका गरेको छ ।
राजन जंग नेवारले फेसबुकमा लेखेको “यहि कार्तिक १४ गते बिहान ५ बजेदेखी इन्द्रावती गाउपलिका-८, सिन्धुपाल्चोकबाट १६ वर्षिय एलिशा श्रेष्ठ र उसैको सौतेनी आमा करिब २५ वर्षिय मुना
सोमैनगर सम्पर्कबिहिन भइरहेकोमा बेलुका 8 बजेतिर सौतेनी आमा भनिने मुना सोमैमगरले गाउकै आफन्ती दिदी पर्नेलाइ सम्पर्क गरेर हामी गाडिमा छौँ, भारतको गुडगाउँ जाँदै छौँ भन्ने कुरा
भएको जानकारी प्राप्त भएको छ। यसले गर्दा बालिकालाइ ललाइफकाइ बेचबिखन तिर गएको होकि भन्ने कुरा हामिले अनुमान गरेका छौँ। हामिले इलाका प्रहरी कार्यालय नवलपुरमा हिजै
रिपोर्ट गरिसकेको र आफुले पनि खोज्न सक्दो कोसिस गरिरहेका छौँ। त्यसैले यिनिहरुलाई कतै देखिएमा, भेटिएमा नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा खबर गरिदिनुहुन
अनुरोध छ। विशेष गरि नवलपरासी, गुल्मी (तम्घास) तथा भारतको सिमानाका नजिक रहेका साथिहरुलाइ सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।”


प्रतिकृया दिनुहोस्