
द भ्वाइस अफ नेपाल’ गायन रियालीटी शोको चौथो सिजन अहिले चलिरहेको छ ।जेठ १ गते डिजिटल अडिसनबाट सुरु भएको उक्त गायन रियालिटी शोले अहिले ब्लाइन्ड अडिसन हुँदै ब्याटल
राउण्डमा पुग्दासम्म दर्शकको अपार माया पाएको छ ।यस शोलाई पछिल्लो समय नेपालको उत्कृष्ट शोका रुपमा लिने गरिन्छ ।‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा ब्याटल चरणबाट सरु
राई बाहिरिएकी छन् । ब्याटल राउण्डबाट बाहिरिने क्रममा ‘गयो मुला’ भन्दै अपशब्द बोल्दै निस्किएका कारण उनी भाइरल भएकी हुन् ।सरस्वतीले ब्याटलमा कोच राजुको टिमबाट
उपसना रिजालसँग प्रतिस्पर्धा गरेकी थिइन् । ‘सपना भई आँखामा आउने’ बोलको गीत गाउँदै गर्दा उनी बाहिरिएकी हुन् । उक्त गायन रियालिटी शोमा जानु भन्दा पहिले ४ वटा गीत गाएकी थिइन् ।
सरस्वतीका गीतमा ‘भोटे कुकुर, के बाल भो, तिमी आकाश भए’ लगायत रहेका छन् ।ती गीतहरु युट्युवमा सुन्न सकिन्छ । सरस्वतीले ‘द भ्वाइस अफ नेपाल’ बाट बाहिरिने क्रममा आफुलाई
निकै रिस उठ्नुका साथै दुस्ख लागेको बताइन् ।उनका अनुसार बाहिर निक्लने ठाउँमा रेकर्ड होला भन्ने थाहाँ थिएन् । जसकारण उनले बोलेको ‘मुला गयो’ रेकर्ड भएको हो ।

प्रतिकृया दिनुहोस्