२६ कार्तिक २०७९, शनिबार १९:४८

गाईघाट / उदयपुर जिल्लामा मादक पदार्थ बिक्री,वितरण तथा सेवनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले सुचना निकालेर जानकारी दिएको छ ।
यहि मिति २०७९ मंगसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा आम निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयको पत्र अनुसार सुचना जारी गरेको छ ।
जिल्ला सुरक्षा समितले पनि जिल्ला भर कार्तिक २७ गते देखि निर्वाचनको अन्तिम नतिजा सार्वजनिक नभए सम्म मादक पदार्थ बिक्री,वितरण तथा सेवनमा रोक लगाएको सुचनामा जनाएको हो ।
कसैले सुचना अटेर गरे वा विपरित भए गरेको पाएमा प्रचलित कानुन बमोजिम कारवाही गर्ने बताउनु भएको छ । निर्वाचन विश्वसनिय,निष्पक्ष र भयरहित गर्नुको लागि पनि यो सुचना जारी गरेको जिल्ला प्रशासनले बताउनु भयो


प्रतिकृया दिनुहोस्