
गाईघाट / उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा सदस्य (ख) मा हिमाल कार्की २१५ मतले विजयी भएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदबार नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका कार्कीले १४ हजार ९७९ मत ल्याएर विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदबार इश्वरमणि राउत १४ हजार ७६४ मत ल्याएका छन् । कार्की निर्वाचित भए संगै उदयपुरका जनताले प्रदेश नं.१ का मुख्य मन्त्रि बन्ने चर्चा सुरु गरेको छ ।
प्रदेश पूर्वाधार मन्त्रालय सम्हाली रहेको कार्कीलाई उदयपुरका जनताले मुख्य मन्त्रिको रुपमा देख्न चाहेको बताए । कार्कीले त्रियुगा नगरपालिकाको विकासको लागि अहोरात्र खट्ने बताउनु भयो ।
म प्रति जनताले देखाएको मायालाई सिर उपरगरि जनताको सेवा गर्ने बताउनु भएको हो २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीको साँझा उम्मेदबार रामबहादुर थापा मगरलाई एक हजार ५२८ मतले पछि पार्दै निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्