 
  
		 
            
				
गाईघाट / त्रियुगा नगरपालिका प्रमुख बसन्त कुमार बस्नेतले डहर रौता सडक मर्मत तथा स्तर उन्नति आफ्नै निगरानीमा गराएको छन् । त्रि.न.पा वडा न.१५ का जनताको जनगुनासो आए पछि नगरपालिकाका जेसिबी र इन्जिनियर शैलेन्द्र मण्डललाई लिएर बस्नेत डहर पुगेको हो ।
कालो पत्रे सडक नभएको कारण डहर देखि रौता सम्मको सडक हरेक बर्ष बर्षाको समयमा बिग्रिने गरेको नगर प्रमुखले बताउनु भयो । आफ्नै कार्यकालमा अधुरो रहेको कालो पत्रे सडक निर्माण गर्ने वडा वासीहरुलाई बस्नेतले आस्वासन दिनु भएको छ ।
जेसिबी र ट्राक्टर लिएर नगर प्रमुख डहर पुगे पछि डहर वासी खुसि भएको कमल राईले बताउनु भयो । राईका अनुसार डहर देखि रौता सम्मको बाटो खराब भएको कारण यहाका जनताले सास्ती खेप्दै आएको छ ।
नगर प्रमुख आफै आएर हाम्रो ठाउको सडक स्तर उन्नति गरेको देख्दा खुसि लागेको राईले बताउनु भयो । यसरी नै जनताको काम गर्यो भने फेरी पनि नगर प्रमुख बन्न कसैले रोक्न नसक्ने राईको भनाई रहेको थियो ।

 
				                     
								 
								 
								 
								 
								 
								
प्रतिकृया दिनुहोस्