
गाईघाट / त्रियुगा नगरपालिकाले आयोजना गरेको प्रथम त्रियुगा अन्तर मा.वि मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ सम्पन्न भएको छ । त्रियुगा नमुना
मा.वि गाईघाटको प्राङ्गणमा यहि पौष १८ गते देखि संचालन भएको थियो । प्रतियोगिता २२ गते सम्म सञ्चालन गर्ने भनिए पनि एक दिन ढिला गर्दै २३ गते
समापन गरिएको हो । कार्यक्रमको आयोजना गरेर मेयर बसन्त बस्नेतले हाई हाई नाम कमाएको एक सहभागीले बताउनु भयो । ति
सहभागीले जाडोको बिदाको बेलामा यस्तो कार्यक्रम भएको हुदा सम्पूर्ण बिधार्थी भाईबहिनीहरु खुसि भएको बताउनु भयो
समापन कार्यक्रमको प्रमुख अथिति त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले गर्नु भएको थियो । नगर प्रमुख बस्नेतले ” जनता संग
मेयर कार्यक्रम अन्तर्गत” यो कार्यक्रमको आयोजना गरेको बताउनु भएका छ । केहि कमि कमजोरी भए पनि कार्यक्रम सफल भएको बताउनु भएको हो ।
दोस्रो त्रियुगा अन्तर मा.वि मेयर रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दा बिर्हत छलफल र समन्धित निकाएहरु संग समन्वय गरेर कार्यक्रमको आयोजना गर्ने
पनि बस्नेतले बताउनु भएको छ । यो प्रतियोगितामा सहभागी बिधार्थी भाई ,बहिनीहरुको खेल क्षेत्रमा उत्साह,उमंग एस कार्यक्रमले थप्ने काम गरेको मैले
महसुस गरेको छु । साथै नगर प्रमुख बस्नेतले यो कार्यक्रममा सहभागी भएका ३२ वटा स्कुलका बिधार्थीहरु र शिक्षकहरुलाई धन्यवाद दिनु भयो थियो ।
आज अन्तिम दिन नृत्य विधाको प्रतियोगिता भएका छ । जसमा त्रियुगा नगर भरि बाट २५ वटा स्कुल सहभागी भएका हुन् । तेस्रो प्याराडाइज सेकेण्डरी स्कुल
दोस्रो बाल मन्दिर मा.वि बोक्से र प्रथम सगरमाथा बोर्डिंग स्कुल भएको थियो । प्याराडाइज सेकेण्डरी स्कुल तेस्रो भए पनि साना साना नानीहरुको नृत्य राम्रो
लागेर त्रि.न.पा वडा न.१०का वडा अध्यक्ष किरण पाण्डेले नगद रु १५०० दिनु भएको थियो । बिशेष अथिति त्रियुगा नगरका उप-प्रमुख महेस्वोरी राईले
कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण लाई धन्यवाद दिनु भयो । त्रियुगा नगरपालिकाले रास्ट्रको लागि खेलकुद, शिक्षाको लागि खेलकुद र
स्वास्थको लागि खेलकुद भन्ने मूल नाराका साथ अन्तर मा.वि मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ सुरवात गरेको राईले बताउनु भयो ।


प्रतिकृया दिनुहोस्