

गाईघाट / यति एयरलाइन्सको विमान दु र्घ ट नामा उदयपुरका एक व्यवसायी अ’स्थाएका छन् । बेलका नगरपालिका वडा न.२ गल्फ़डियाका चुडा बिक्रम थापा हुन् ।
थापा नेपाली कांग्रेस क्षेत्र न.१ का क्षेत्रीय प्रतिनिधि पनि रहेको थियो । ७२ जना सवार यती एयरलाइन्सको ‘९एन एएनसी एटीसआर ७२-५००’ विमान
आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोंचमा दुर्घटनामा परेको थियो । सरकारले पनि आकस्मिक मन्त्रिपरिषदको बैठक
बसेर राखेर आज सोमबार शोक विदा दिने निर्णय गर्नुका साथै पूर्वसचिव नागेन्द्र घिमिरे नेतृत्वको छानविन आयोग बनाउनु भयो ।
उदयपुर नेपाली कांग्रेस नेबि संघका सभापति रोसन कार्की आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ “अपत्यारिलो तर तितो सत्य अत्यन्त दु:खद घटना ।
पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परि उदयपुर बेलका नगर निवासी नेपाली काङ्ग्रेस उदयपुर काठमाडौ सम्पर्क समितिका पुर्व अध्यक्ष
सरल र शान्त स्वभाव भएका कर्मठ एबम ईमानदार व्यक्ती नेपाली काङ्ग्रेसका नेता आदरणीय चुडाबिक्रम थापा (CB) दाईको दु:खद निधनले स्तब्ध
बनाएको छ। सिबि थापा दाई लगाएत सो दुर्घटनामा निधन भएका व्यक्तिहरु प्रती भावपुर्ण श्र द्धा ञ्जली अर्पण गर्दछु। साथै यस्ता दु र्घ ट ना न्यूनीकरण गर्न राज्यले उचित कदम चालोस भनी ध्यानाकर्षण समेत गराउदछु । ”


प्रतिकृया दिनुहोस्